माडीमा सञ्चालन हुने ‘नमुना युवा सांसद अभ्यास कार्यक्रम’मा सहभागी रहेका युवाहरु मध्येबाट प्रस्तुतिकरणका लागि जिम्मेवारी बाँडफाँड भएको छ ।
नमुना युवा संसद तालिममा सहभागी रहेका युवाहरुमध्येबाट सहमतिय आधारमा नमुना युवा प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, बिपक्षी दलका नेता लगायतका पदहरुमा प्रस्तुतिकरणको जिम्मेवारी तोकिएको हो ।
यसअन्तरगत नमुना युवा प्रधानमन्त्रीमा डेबिट बि.क., सभामुखमा करुणा बि.क., राष्ट्रपतिमा दिपक चौधरी र बिपक्षी दलका नेतामा मुना पाण्डेको प्रस्तुतिकरण रहनेछ ।
त्यस्तै, नमुना युवा गृहमन्त्रीमा माधव पाण्डे, अर्थमन्त्रीमा हिमांशु गायक, शिक्षामन्त्रीमा बन्दना गिरी, युवा तथा खेलकुद मन्त्रीमा मीरा अधिकारी, कृषि भूमि तथा सहकारी मन्त्रीमा कबिता भण्डारी, स्वास्थ्य मन्त्रीमा सन्तोष सुनारको प्रस्तुतिकरण रहनेछ ।
यसैगरी, नमुना युवा उपसभामुखमा सुस्मिता पाण्डे, सत्तापक्षका मुख्य सचेतकमा बिजय परियार, प्रतिपक्षका मुख्य सचेतकमा सुष्मा दराई, प्रधानन्यायधीशमा प्रमेश ढकाल, राष्ट्रिय सभा अध्यक्षमा रोहित गुरुङ र उपाध्यक्षमा मुना परियारले प्रस्तुतिकरण गर्नुहुनेछ ।
यसबाहेक नमुना युवा व्यवस्थापिकाका कर्मचारीहरु अन्तरगत प्रतिनिधीसभाका महासचिवमा रोसिका ढकाल, सचिवमा ज्योति श्रेष्ठ, राष्ट्रिय सभा सचिवमा बिनोद अर्याल र मर्यादापालकमा सुजता ढकालको भूमिका रहँदैछ ।
फाल्गुन २२ र २३ गते नमुना युवा संसद अभ्यासको प्रशिक्षण लिएका युवाहरुले भोलि २४ गते (नारी दिवसको दिन) दिउँसो १२ बजेदेखि प्रशिक्षणस्थल माडी भिलेज रिसोर्टको सभाहलमा प्रस्तुतिकरण गर्ने कार्यतालिका रहेको छ ।